प्रादेशिक अस्पताल सिरहामा नवनिर्मित भबन तथा बिरामी कुरुवाघरको शिल्यान्यास

Spread the love

सिरहा जिल्ला सदरमुकाम सिरहा स्थित प्रादेशिक अस्पताल सिरहाले नव निर्मित भबन तथा बिरामी उपचाररथ आउनेका लागि बिरामी कुरुवा घरको शिल्यान्यास गरेका छन् / अस्पतालका ब्यबस्थापकीय सुधारमुखी कार्ययोजना अनुरुप तयारी भएका सो नब निर्मित भबनहरुको मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मंत्री सत्रुधन प्रसाद सिंहले सिल्यान्यास गरेका थिए/
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मंत्री सिंहले कार्यक्रमलाई सम्बोधन गर्दै
प्रादेशिक अस्पताल सिरहाको विभिन्न सेवा सुबिधालाई मध्ये नजर राख्दै “स्वास्थ्य उपचारका लागी आउने बिरामीलाई शिघ्रनै छिटो छरितो बिषेश उपचारका सम्पूर्ण सेबा सुबिधामा रुपान्तरणहुदै गएको अबस्थालाई प्रसंशा गर्दै “प्रादेशिक अस्पताल सिरहा सजग र सक्रियताका साथ् अघि बढेको भन्दै संघीय र प्रादेशिक सरकारको सान्दर्भिक नीति नियमनका कारण यस अस्पतालमा रिक्त रहेका दक्ष चिकित्सकको दरबन्दी शिघ्रनै पूर्ण हुने” तथा अन्य उपचारका आबश्यक सामग्रीहरुको समयमा उपलब्ध गराउन त्यसकालागी आफु पूर्णरुपले प्रयासरत रहेको उनले भने ,” ,”प्रादेशिक अस्पताल भित्रका बिभिन्न प्रशासनिक क्रियाकलाप र स्वस्थ उपचार सम्बन्धि अन्य गतिबिधिहरु यतिनै सहज र सरलताका साथ् संचालनमा रहेकोले यस प्रादेशिक अस्पतालबाट बिरामीलाई आबश्यक पर्ने नितान्त उपचारका सेवाहरु सहजै उपलब्ध हुने विश्वास ब्यक्त गरेका छन् /
“निकै सुधारात्मक अबस्थामा सजग र सक्रियताका साथ् प्रादेशिक अस्पताल ,सिरहा जनअपेक्षित रुपमा अघि बढेको र बिरामी रिफर गर्ने जस्ता पछिल्ला परिपाटिको स्वरुपलाइ परिबर्तन गर्दै उपचारको निम्ति क्रमिक सुधारको गति र प्रक्रिया समेत सर्बसाधारणकालागि निकै ब्यबस्थित, सहज र सुलभ रहेको” सिरहा नगर प्रमुख डा,नविन कुमार यादवले बताए / निरन्तर रुपमा हुने दिगो स्तरिय उपचारकालागी कर्मचारी सुरक्षा , सेवा सुबिधा र आबश्यकॆय पर्ने उपचारका सामग्रीहरुको उपलब्धतामा समेत जोड दिएका थिए /भने स्थानीय र प्रादेशिक सरकार बिचको समन्वयले शिघ्रनै अझ स्तरीयसेवाको बिस्तार हुने र यस क्षेत्रबाट आउने सेवाग्राही बिरामीलाई बाहिर जानु पर्ने बाध्यता नरहने” नगर प्रमुख डा यादवले भने,
अस्पतालका अब्यबस्थित चुनौती र समस्यालाई पार गर्दै पछिला समयमा बिरामीको संख्या बढ्दै गएको अबस्थामा बिशिस्ट स्वास्थ्य परिक्षन आधुनिक प्रयोगशाला र सल्यक्रिया जस्ता सघन उपचारको लागि रक्तको अभाबले समयमै सल्यक्रिया हुन् नसक्दा प्रादेशिक अस्पताल सिरहाले आफ्नो उचित ब्यबस्थापन गरी आजदेखिने रक्त संकलनको कार्यलाई निरन्तरता दिदै संचालनमा लाएका अस्पताल ब्याबस्थापन संचालन समितिका अध्यक्ष सोहिन्द्र प्रसाद यादवले जनाएका छन / “शिघ्रनै यस अस्पतालबाट जनसाधारणले सफल उपचार र शल्यक्रियाको निमित रगतको उपल्बधताको सुबिधा सहजै पाउने समेत अस्पताल समितिका अध्यक्ष यादवले जनाएका छन /
प्रादेशिक अस्पताल सिरहाको ब्यबस्थापन संचालन समिति अध्य्क्ष सोहिन्द्र प्रसाद यादवको अध्क्षतमा सम्पन्न भएको सो कार्यक्रममा मधेश प्रदेशका जनसंख्या तथा स्वस्थ सत्रुधन प्रसाद सह , नगर प्रमुख डा , नविन कुमार यादव अस्पताल प्रमुख मे,सु , सुनिल प्रसाद कुशबाहा ,निमित मेशु सरोज कुमार यादव लगयत कार्यरत अन्य विभागीय चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारी, तथा स्थानिय संचारकर्मीहरुको सहभागिता रहेको थियो

You May Also Like

More From Author

+ There are no comments

Add yours