जसपा नेपालका समन्वय समिति सदस्य यादव निर्वाचन आयोगको कार्यलय पुगेर मनोनयन दर्ता गराएका हुन ।
मिर्चैया, माघ ६ ।
जसपा नेपालका समन्वय समिति सदस्य राजकिशार यादवले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् ।
जनता समाजवादी पार्टि नेपाल सिरहा क्षेत्र नं. ४ मा राजकिशोर यादवले क्षेत्रभरीका नेता कार्यकर्ता माझ हर्षउल्लासका साथ मनोनयन पत्र दर्ता गराइ उम्मेदवारी घोषणा गर्दै नेता कार्यकर्ता माझ निर्देशनात्मक सभामा सिरहा क्षेत्र नं. ४ मधेश विद्रोहको पहिचान संग जोडिएको क्षेत्र रहेको र विगत पनि जसपा नेपाल छाता कै क्षेत्रहो र यसपालि पनि जसपा नेपाल छाता छापनै विजय हुनेमा ढुक्क रहेको वताउनु भयो ।
मनोनयन दर्ता कार्यक्रममा आएका नेता कार्यकर्ताहरुलाई देश विषम परिस्थितीवाट गुज्रिरहेकोले पहिचान सहितको संघीयता, सुशासन , सामाजिक न्याय र समाजवाद जसपा नेपालको एजेण्डा अहिले राष्ट्रिय एजेण्डा प्रमाणित भैसकेकोले देशको निकास जसपा नेपालले नै दिने वताउनु भयो ।
कार्यक्रमलाई सम्वोधन जसपा नेपालका नेता सुरेश मण्डल, समानुपातीक उम्मेदवार चन्देश्वर पासमान, रामकुमार मण्डल, प्रदेश सभा सदस्य रामवावु यादव लगायतले जसपा नेपाल छाता छापनै जित्ने र जिताउनको लागी सम्पुर्ण नेता कार्यकर्तालाई दृढता पुर्वक लाग्न निर्देशन दिएका छन् ।

+ There are no comments
Add yours