गाैशाला,
जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघियता नै खारेज गर्नु पर्ने सिद्धान्त बीक्ने दलहरुसंग सावधान रहन जनतालाई आग्रह गरेका छन । पछिल्लो चुनावमा समेत रास्वपाले प्रदेशको चुनावमा भाग नलिएकोले समेत उक्त पार्टीयो रोडम्याप किरयर भएको भन्दै उनले कुनै शब्दावलीमा नफस्न आग्रह गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उद्धत गर्दै सदनमै र बाहिर सभाहरुलाई सम्बोधन गर्ने कममा समेत पटक पटक लामिछानेले संघियता खारेज गर्नु पर्ने रेकर्ड नै रहेको अवस्थामा त्यसतो दलसंग सावधान रहनु पर्ने उनको भनाई थियो।
बालेन भने संघियताको पक्षमा रहेको सोधिएको प्रश्नमा अध्यक्ष यादवले बालेन दलको नेतामात्र रहेको तर इनको सभापति रबि लामिछाने भएकोले बानेनको बोली दलको आधिकारिक बोली र निर्णय नरहेको जिकिर गरे ।
महोत्तरीको निर्वाचन क्षेत्र नं २ को बल्वा नगरपालिका स्थित पडौलमा राखिएको पाटी प्रवेश तथा भेटघाट कार्यक्रम सम्बोधनको क्रममा अध्यक्ष यादवले मधेशमा जमपा नेपालको विकल्प नरहेको बताउदै जनताले चाहेको पहिलो दल नै जसपा नेपाल रहेको बताएका हुन ।
देशकै ठूलो दल भनिएकाहरुले मधेशीलाई देशको नागरिक नागरिक नबुझेको र नागरिक सरह अधिकार नदिएकोले मधेशवादी दलकै आन्दोलन र बलिदानीले खोसेर अधिकार लिएको र अझै अधिकार र सम्मान लिने संघर्षमा रहिरहेको उनले बताए । जरुपा नेपालका महोत्तरी सहित देशका विभिन्न स्थानबाट निर्वाचनमा होमिएका जसपा नेपालका सम्पूर्ण उम्मेदवार पूर्ण योग्य र सक्षम भएको बताउदै अत्यधिक मत सहित जसपा नेपालका उम्मेदवारहरुलाई निर्वाचित गराउन उनले आग्रह गरे । कार्यक्रममा जसपा नेपालका संरक्षक महन्थ ठाकुर समेत सहभागी थिए ।

+ There are no comments
Add yours