गैरनीति हटाऊ, वार्तामार्फत् शिक्षकहरुको माग सम्बोधन गर सरकार : उपेन्द्र यादव

Spread the love

जनकपुरधाम, ३१ चैत । जनता समाजवादी पार्टीका नेपालका अध्यक्ष उपेन्द्र यादवले शिक्षक महासंघले जारी राखेको आन्दोलनप्रति सरकार गम्भीर नरहेको टिप्पणी गरेको छ ।

शिक्षकहरु करिब २ हप्तादेखि विभिन्न मागहरु राखेर काठमाडौंको सडकमा आन्दोलनरत रहेको अवस्थामा अध्यक्ष यादवले विज्ञप्तिमार्फत् भने, ‘शिक्षा क्षेत्रमा व्यापक रुपमा विकृति, विसंगति, अस्तव्यस्ता र अन्यौलता देखा परेको छ । यो अवस्था अन्त्य गर्न सरकार गम्भीर छैन ।’

मुलुकको विकास, परिवर्तन र भविष्यको मूल आधार शिक्षा हो । अध्यक्ष यादवले भने, ‘शिक्षकहरुले जारी राखेको आन्दोलन जतिसक्दो छिटो नै वार्ता प्रक्रियाबाट समाधान गरिनु पर्दछ ।’

अध्यक्ष यादवले अदूरदर्शी र त्रुटिपूर्ण शिक्षा नीति, ऐन तथा कानून र व्यवस्थापन सम्बन्धी कार्यले गर्दा शिक्षा क्षेत्र अत्यन्तै अन्यौल, दिशाहीन र गुणस्तरहीन तर्फ उन्मुख रहेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराए ।

यादवले भने, ‘शिक्षा जस्तो मर्यादित र सभ्य क्षेत्रमा कार्यरत शिक्षकहरुको आन्दोलनले विद्यार्थीहरुको पठन पाठन र सिकाइ क्रियाकलाप प्रभावित हुने छ । त्यसैले सरकारले यथाशीघ्र आन्दोलनरत शिक्षकहरुसँग वार्ता गरी तत्कालै समस्या समाधान गर्नु पर्दछ ।’

आन्दोलनरत शिक्षकहरुसँग सरकारले तत्कालै वार्ता गरी उनीहरुको न्यायोचित मागहरुलाई सम्बोधन गर्नु पर्छ । अध्यक्ष उपेन्द्र यादवले सरकारलाई आग्रह गर्दै भने, शिक्षा सम्बन्धी नीति, योजना, ऐन कानून र कार्यक्रमहरुको समिक्षा गरी गुणस्तरीय शिक्षा सबैलाई प्रत्याभूत गराउने गरी ऐनमा व्यपाक परिवर्तन गर्नु आवश्यक छ ।

सरकारको अबुझ र गैरनीतिकै कारण पनि शिक्षकहरुको सडकमा उत्रिनु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको अध्यक्ष यादवको तर्क छ ।

विश्वको तुलनामा नेपालमा शिक्षकहरु अपहेलित हुनु पर्ने, तलब कम, ग्रेडवृद्धि उच्च नभएको, स्थानीय तहमा शिक्षाको अधिकार दिनुले शिक्षाको स्थिति कमजोर बन्दै गएको हो ।

समाचार सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours