सिरहाः पासमान समाजद्वारा लहानमा मुख्यमन्त्री सिंहविरुद्ध खबरदारी कार्यक्रम

Spread the love

जनकपुरधाम, १६ जेठ । सिरहाका पासमान समुदायका अगुवाहरु आज लहानमा विशेष प्रदर्शन गरेको छ ।

जनता समाजवादी पार्टी नेपालका नेता चन्देश्वर पासमान लगायत विभिन्न पार्टीका पासमान समुदायका अगुवाहरुले शुक्रबार लहानमा सडक र्याली तथा खबरदारी कार्यक्रम गरेका छन् ।

सलहेश पासमान समाज लहानद्वारा सिरहामा रहेको सलहेश फुलबारी संरक्षणका लागि उनीहरुले खबरदारी गर्न जुलुस प्रदर्शन गरेका हुन् ।

सलहेश फुलबारीको संरक्षण गर्नुको साटो सौन्दर्य मास्ने काम भइरहेको भन्दै उनीहरुले मुख्यमन्त्री सतीशकुमार सिंह विरुद्ध खबरदारी कार्यक्रम गरेको बताइएको छ ।

सलहेश फुलबारी छेउमा भिमराव अम्बेडकर पार्क निर्माण गर्न लागेकोप्रति पासमान समुदायका अगुवाहरुले सुरु देखि नै विरोध जनाउँदै आएका छन् ।

भारतीय संविधान निर्माता अम्बेडकरको पार्क निर्माण गर्न मुख्यमन्त्री सिंहले शिल्यानाश गरेसँगै विरोध सुरु भएको थियो । व्यापाक विरोधका बाबजुद पनि मुख्यमन्त्री सिंहले आफूखुशी पार्क निर्माण गर्न लागेको भन्दै पासमान समुदायका अगुवाहरु विरोधमा उत्रेका हुन् ।

समाचार सम्वाददाता http://www.farichhnepal.com

ए एस फरिच्छ नेपाल ग्रूप प्रा.ली. मिर्चैया ६, सिरहा मधेश प्रदेश द्धारा संचालीत

You May Also Like

More From Author

+ There are no comments

Add yours