सिरहा । जनमत पार्टीका सिरहा जिल्ला वाट चार नेताले सामुहीक राजीनामा दिएका छन् ।
राजिनामा दिनेमा जनमत पार्टी केन्द्रिय कार्यकारनि सदस्य रानीकुमारी पासमान, जनमत पार्टी केन्द्रिय सदस्य रामेश्वर यादव जागेश्वर यादव, जिल्ला सदस्य हरि किसोर पासमान रहेका छन् ।

राजीनामा पत्रमा जनमत पार्टीको पछिल्लो समय लोकतन्त्र, समानता, समावेशिता र न्यायको मूल्यमान्यतामा विश्वास राख्दै जिम्मेवारी निर्वाह गर्दै आएको भए पनि पछिल्लो समय पार्टीभित्र निरन्तर रूपमा विचर सिद्धान्तको स्खलन हुदै अलोकतान्त्रिक गतिविधि, पार्टीभित्र पहुँचका आधारमा गरिँदै आएको जातीय विभेद, तथा गैर–राजनीतिक गतिविधि गर्ने व्यक्तिहरूको हालीमुहाली र वर्चस्व बढ्दै गएको अवस्थाले यस जनमत पार्टीकै भविष्य संकटमा रहेको महसुस भई गम्भीर रूपमा निराश बनाएको आरोप लगाइएको छ ।
चुनाव घोषणा भयृ पार्टी प्रचार प्रसारमा रहेको वेला जिम्मेवार पदमा रहेको नेताहरुले राजीनामा दिनु चुनावी परिणाममा गम्भीर असर पर्ने जानकारहरु वताउँछन् ।

+ There are no comments
Add yours