DOTIM परिसंघले सुकुम्वासी समस्या सामाधान गर्न सरकारलाई प्रेस विज्ञप्ती
काडमाण्डौ,
काडमाण्डौ लगायत देशका विभिन्न स्थानहरुमा रास्वपा बालेन्द्र साह नेतृत्वको सरकारले भुमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी माथि बलपुर्वक डोजर प्रयोग गरी दलित, पिछडावर्ग, थारु, जनजाती तथा अल्पसंख्यक समुदायका विपन्न गरीब, श्रमिकहरु भएको र यिनीहरु रहर भन्दा वाध्यताले खोला किनार, नदी उकास, खाली पर्ति ऐलानी र फोहोर दुर्गन्धित स्थानमा बस्नु परेको वाध्यता । उचित व्यवस्थापन र बैकल्पिक व्यवस्था नगरी मानवीय संवेदना भुलेर क्रुरतापुर्वक हतारोमा निर्णय गरेको, बल प्रयोग गरेको, औपचारिक सुचना नदिएको, सरसमान ओसार्न समय नदिएको भन्दै डोटिम (परिसंघ) संयोजक चन्देश्वर पासमानले प्रेस विज्ञप्ती मार्फत सरकारलाई ध्यानाकर्षण गराउँदै पिडितहरुलाई संघर्षको वाटो रोज्न वाध्य नवनाउन सचेत गराएको छ ।

सरकारको असंवेदनशिल रवैयाले दैनिकी प्रयोगका सामाग्री, लताकपडा, खानेकुरा, औषधीमुलो नष्ट गरेको र विरामी, असक्त, वनजात शिशु, सुत्केरी महिला, बुढाबढी, विधार्थीहरु विस्थापन भएको र जनधनको क्षति भएको विज्ञप्तीमा औल्याएको छ । सरकारको कदम अमानवीय, निरंकुश र दमनकारी शैली रहेको । श्रम, रोजगार, उपचार र अवसरको खोजीमा शहर र बजार केन्द्रहरुमा आउनै पर्ने बाध्यता रहेका यिनीहरु यही देशका नागरिक हुन, देश यिनीहरुका पनि हुन्, राज्यले यस्ता जनतालाई परेको पिरमर्कामा सहयोग गर्नुको सटटा अपराधी सरहको व्यवहार गरिनु नागरिक अधिकारको उल्लंघन हो, यस्ता कार्य तुरुन्त बन्द गरिनु पर्दछ विज्ञप्तीमा उल्लेख छ ।
पिडितहरु मानव अधिकारका हकदार हुन्, राज्य आतंकबाट जनताले आत्महत्या रोज्ने दुःखद विवशता अन्त्य हुनु पर्दछ । विशेष गरी विस्थापित दलित समुदायका परिवारले आवासका लागि घर नपाउने, अपमानित हुने, सामाजिक बहिष्करण हुने । आवास नागरिकको नैसर्गिक अधिकार हो, सुकुम्वासी मात्रै भनेर उनीहरु माथि गरिने अन्याय सह्य हुदैन ।
सरकारले समयमा नै विस्थापित सुत्केरी महिला, नवजात शिशु, बृद्धबृद्धाहरुको लागि सुरक्षित आवास, पोषणयुक्त आहार, निःशुल्क स्वास्थ्य सेवाको सुनिश्चियता होस, विस्थापित वालवालिकाको पठनपाठनमा आएको अवरोध तत्काल समाधान गर्न । सामाजिक न्याय, घरवार र रोजगार विहिन बनाइएका भुमिहीन सुकुम्वासी पहिचान गरि लालपुर्जा प्रदान गर्ने व्यवस्था गरियोस् भनेर DOTIM परिसंघले विज्ञप्ती द्धारा सरकारसंग माग गर्दै । आम भुमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुलाई संघर्षका लागि आव्हान गरेको छ ।

+ There are no comments
Add yours