मधेश सरकारको भौतिक संरचना निर्माण अध्ययन समितिले बुझायो प्रतिवेदन

Spread the love

जचुकाली परिसर नै मुख्य प्राथमिकतामा

जनकपुरधाम, अषाढ २१ ।

मधेश प्रदेश सरकारको भौतिक संरचना निर्माणका लागी जग्गा पहिचान, प्राप्ती तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री लालबाबु राउतलाई आज आफनो प्रतिवेदक हस्तान्तरण गरेको छ ।

जनकपुरधामलाई स्थायी राजधानी घोषणागरि सकेपछि सरकारको मुख्य प्रशासनीक भवन लगायतका अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गाको पहिचान तथा प्राप्तिका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवको संयोजकत्वमा गठन गरेको समितिले सरोकारबालाहरु संगको छलफल पश्चात आफनो प्रतिवेदन मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेको छ ।

समितिले राजधानीको मुल संरचनाको लागी जचुकाली परिसरलाई नै मुख्यप्राथमिकतामा राखी राजधानी भित्रका अन्य सार्वजनिक तथा गुठी अधिनस्त जग्गाहरुलाई समेटेर प्रतिवेदन तयार पारेको समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री यादवले बताए । उहाँले जचुकाली परिसरलाई प्रशासनिक केन्द्र , चरण विकासको जग्गा तथा हाल प्रदेश सभा भवन रहेको क्षेत्रको जग्गामा आभाव क्षेत्र लगायतका अन्य संरचना निर्माणकालागि सिफारिस गरेको बताउनु भयो ।

प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री राउतले प्रतिवेदनलाई आउने मन्त्री परिषदको बैठकबाट स्वीकृति प्रदान गरि साउन पहिलो साता देखी नै जग्गा प्राप्तिको प्रक्रिया थालिने जानकारी गराउनु भयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours